राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड (RHGCL) ले असार १ गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजीको १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो। यसअनुसार, कम्पनीले हाल कायम ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको कुल ६१ लाख २७ हजार ९३८ […]
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड (RHGCL) ले असार १ गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजीको १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो।
यसअनुसार, कम्पनीले हाल कायम ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ। प्रत्येक कित्ता शेयरको अंकित मूल्य १०० रुपैयाँ रहेको छ।
हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गरेको थियो। सो आधारमा, जेठ ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद असार २२ गतेसम्म कायम गरिएको छ।
कम्पनीले हकप्रद निष्कासनका लागि इक्रा नेपाल लिमिटेडबाट प्राप्त रेटिङ अनुसार “इक्रा एपी इस्यूअर रेटिङ बी माइनस” पाएको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
शेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। लगानीकर्ताहरूले आवेदन मुक्तिनाथ क्यापिटलको कार्यालय नारायणचौर, नक्साल, काठमाडौं तथा राप्ती हाइड्रोको कर्पोरेट कार्यालय त्रिपुरेश्वर, काठमाडौंबाट दिन सक्नेछन्।
त्यस्तै, मुक्तिनाथ विकास बैंकका शाखाहरू — विर्तामोड, विराटनगर, वीरगञ्ज, जनकपुर, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
साथै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत समेत लगानीकर्ताहरूले सहज रूपमा आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्कासनपछि कम्पनीको पूँजी दोब्बर भई १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६ सय रुपैयाँ पुग्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.