राप्ती हाइड्रोको हकप्रद शेयर असार १ गतेदेखि

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १ गतेदेखि १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ। कम्पनीले हालको चुक्ता पूँजी ६१ करोड २७ लाख रुपैयाँको शतप्रतिशत बराबर ६१ लाख २७ हजार ९३८ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँमा बिक्री खुला गरेको हो। यस प्रयोजनका लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गरेको थियो, जसअनुसार जेठ ५ […]

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १ गतेदेखि १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ। कम्पनीले हालको चुक्ता पूँजी ६१ करोड २७ लाख रुपैयाँको शतप्रतिशत बराबर ६१ लाख २७ हजार ९३८ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँमा बिक्री खुला गरेको हो। यस प्रयोजनका लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गरेको थियो, जसअनुसार जेठ ५ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरुले हकप्रदमा आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति असार २२ गते तोकिएको छ। इक्रा नेपालले कम्पनीलाई ‘ICRA NP-IR B-’ रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। इच्छुक शेयरधनीहरुले मुक्तिनाथ क्यापिटल, कम्पनीको कार्यालय, विभिन्न शाखा कार्यालयहरू तथा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्। हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब २२ करोड ५५ लाख रुपैयाँ पुग्नेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In