राप्ती हाइड्रोको हकप्रद शेयरमा आवेदन दिने अवधि थप

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड (RHGCL) ले हाल निष्काशनमा ल्याएको १:१ अनुपातको हकप्रद शेयरमा आवेदन दिने म्याद असार २४ गतेसम्म थप गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको शतप्रतिशत बराबर ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर, प्रतिकित्ता १०० रुपैयाँ दरमा निष्काशन गरेको हो। यस […]

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड (RHGCL) ले हाल निष्काशनमा ल्याएको १:१ अनुपातको हकप्रद शेयरमा आवेदन दिने म्याद असार २४ गतेसम्म थप गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको शतप्रतिशत बराबर ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर, प्रतिकित्ता १०० रुपैयाँ दरमा निष्काशन गरेको हो।

यस प्रयोजनका लागि कम्पनीले जेठ ६ गते बुकक्लोज गरेको थियो। सो अनुसार जेठ ५ गतेसम्म शेयरधनी रहेका लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एपी इस्यूअर रेटिङ्ग बी माइनस’ प्रदान गरेको छ, जसले वित्तीय दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आवेदनकर्ताले मुक्तिनाथ क्यापिटल, राप्ती हाइड्रोको कर्पोरेट कार्यालय त्रिपुरेश्वर, काठमाडौं तथा मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।

यसबाहेक, सि-आस्बा प्रणाली तथा ‘मेरो शेयर’ अनलाइन प्लेटफर्ममार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ।

हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी बढेर १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ पुग्नेछ।

Share Training Near Me

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In