राप्ती हाइड्रोले अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्री गर्दै

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड (RHGCL) ले अवितरित हकप्रद शेयर लिलाम (बोलपत्र) प्रक्रिया मार्फत बिक्री गर्ने भएको छ। कम्पनीले १ बराबर १ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको हिस्सालाई लिलामबाट बिक्री गर्न लागेको हो। कम्पनीले लकइनमा नरहेका ५ लाख ६४ हजार १० कित्ता र लकइनमा रहेका १ लाख ४० हजार १०१ कित्ता, जम्मा […]

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड (RHGCL) ले अवितरित हकप्रद शेयर लिलाम (बोलपत्र) प्रक्रिया मार्फत बिक्री गर्ने भएको छ। कम्पनीले १ बराबर १ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको हिस्सालाई लिलामबाट बिक्री गर्न लागेको हो।

कम्पनीले लकइनमा नरहेका ५ लाख ६४ हजार १० कित्ता र लकइनमा रहेका १ लाख ४० हजार १०१ कित्ता, जम्मा ७ लाख ४ हजार १११ कित्ता शेयर लिलामीमा ल्याउँदैछ। इच्छुक लगानीकर्ताले साउन १३ गतेदेखि २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

लिलामका लागि शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य प्रस्ताव गरी आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १०० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतमका लागि कुनै सीमा तोकिएको छैन।

शेयर बिक्री तथा निष्काशन प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आवेदन मुक्तिनाथ क्यापिटलका कार्यालयसँगै मुक्तिनाथ विकास बैंकका ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, घोराही, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट दिन सक्नेछन्।

लिलामी प्रक्रिया मार्फत कम्पनीले बाँकी शेयर निष्काशन गरी पूँजी संरचना सन्तुलन गर्ने लक्ष्य राखेको छ।

Share Training Near Me

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In