रिभर फल्स पावरको लकइन अवधि कहिलेदेखि सकिंदैछ ?

काठमाडौं : रिभर फल्स पावर लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा तथा कर्मचारीलाई बाँडफाँट गरिएको सेयरको लक–इन अवधि आगामी जेठ ८ गते समाप्त हुँदैछ। लक–इन अवधि सकिएपछि उनीहरूले आफ्नो होल्ड गरेको सेयर खुल्ला बजारमा खरिद–बिक्री गर्न सक्ने छन्। कम्पनीले ३५ लाख ७० हजार कित्ता संस्थापक सेयर, ७ लाख कित्ता स्थानीय बासिन्दालाई र १ लाख ३६ हजार ५०० […]

काठमाडौं : रिभर फल्स पावर लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा तथा कर्मचारीलाई बाँडफाँट गरिएको सेयरको लक–इन अवधि आगामी जेठ ८ गते समाप्त हुँदैछ।

लक–इन अवधि सकिएपछि उनीहरूले आफ्नो होल्ड गरेको सेयर खुल्ला बजारमा खरिद–बिक्री गर्न सक्ने छन्।

कम्पनीले ३५ लाख ७० हजार कित्ता संस्थापक सेयर, ७ लाख कित्ता स्थानीय बासिन्दालाई१ लाख ३६ हजार ५०० कित्ता कर्मचारीलाई बाँडफाँट गरेको थियो, जुन हालसम्म लक–इनमा रहेको थियो।

रिभर फल्स पावरले २०७९ जेठ ९ गते सर्वसाधारणलाई सेयर बाँडफाँट गरेको थियो। सो मितिबाट तीन वर्षसम्म संस्थापक, स्थानीय र कर्मचारीको सेयरमा लक–इन अवधि लागू गरिएको थियो, जुन अब निर्धारित समय पूरा भई सकिनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In