रेलेखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणमा जोडियो

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा सफलतापूर्वक जोडिएको छ। ह्युम कन्सल्ट प्रालिको प्रवर्द्धनमा बनेको यस आयोजनाले आन्तरिक परीक्षण सफल भएपछि विद्युत् उत्पादन सुरु गरेको हो। २०७९ सालदेखि निर्माण सुरु गरिएको आयोजनाले ५१० मिटर अग्लो हेडमार्फत ३.५ किलोमिटर लामो पेनस्टक पाइप प्रयोग गरेर दुई वटा टर्वाइनमार्फत विद्युत् […]

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा सफलतापूर्वक जोडिएको छ। ह्युम कन्सल्ट प्रालिको प्रवर्द्धनमा बनेको यस आयोजनाले आन्तरिक परीक्षण सफल भएपछि विद्युत् उत्पादन सुरु गरेको हो।

२०७९ सालदेखि निर्माण सुरु गरिएको आयोजनाले ५१० मिटर अग्लो हेडमार्फत ३.५ किलोमिटर लामो पेनस्टक पाइप प्रयोग गरेर दुई वटा टर्वाइनमार्फत विद्युत् उत्पादन गरिरहेको छ। उत्पादन गरिएको विद्युत् ४.३ किलोमिटर लामो ३३ केभी प्रसारण लाइनमार्फत दाना सबस्टेशन हुँदै राष्ट्रिय ग्रिडमा जोडिएको छ।

यो आयोजना बनाउन कुल १ अर्ब ३५ करोड रुपैयाँ लागत लागेको छ, जसमा ७० प्रतिशत ऋण हिमालयन बैंक र राष्ट्रिय वाणिज्य बैंकले लगानी गरेका छन्। निर्माणमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूले जिम्मेवारी लिएका थिए।

आयोजनाले नारच्याङको बेँसीगाउँदेखि लेकगाउँसम्म १३ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ, जसले स्थानीय बासिन्दालाई यातायात सुविधासमेत पुर्‍याएको छ। यसअघि नारच्याङ क्षेत्रमै नीलगिरी-१ (११० मेगावाट), नीलगिरी क्यासकेड, घलेम्दी खोला (५ मेगावाट) र मिस्त्री खोला (४२ मेगावाट) जलविद्युत् परियोजनाहरू सञ्चालनमा आइसकेका छन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In