काठमाडौं : रिलायन्स फाइनान्सको वार्षिक साधारण सभा आज जेठ २८ गते, मंगलबार बस्दैछ। सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुड ल्यान्ड एन्ड ब्यांक्वेट प्रालिमा बिहान ११ बजेबाट सुरु हुने कार्यक्रम तय गरिएको छ। यस पटक कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव प्रस्तुत गरेको छैन। सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने, सोही वर्षको […]
काठमाडौं : रिलायन्स फाइनान्सको वार्षिक साधारण सभा आज जेठ २८ गते, मंगलबार बस्दैछ। सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुड ल्यान्ड एन्ड ब्यांक्वेट प्रालिमा बिहान ११ बजेबाट सुरु हुने कार्यक्रम तय गरिएको छ।
यस पटक कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव प्रस्तुत गरेको छैन।
सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने, सोही वर्षको लेखा परीक्षण प्रतिवेदन, वासलात तथा त्यसका आधारमा तयार गरिएका वित्तीय विवरण र अनुसूचीहरू पारित गर्ने एजेन्डा रहेको छ।
त्यसैगरी, अन्य कुनै बैंक वा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपर्ने स्थिति आएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले बुक क्लोज मिति जेठ १४ गते निर्धारण गरिसकेको छ। तसर्थ, जेठ १३ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.