रिलायन्स स्पिनिङ्ग मिल्सले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुलायो

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आज (मंसिर २२ गते) देखि आईपीओ निष्काशन खोलेको छ। नेपाल सरकारले स्वीकृति प्रदान गरेका श्रमिकले प्रतिशेयर ८२० रुपैयाँ ८० पैसामा शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरको १० प्रतिशत बराबरका १ लाख १५ हजार ५९६ कित्ता शेयर यस समूहका […]

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आज (मंसिर २२ गते) देखि आईपीओ निष्काशन खोलेको छ। नेपाल सरकारले स्वीकृति प्रदान गरेका श्रमिकले प्रतिशेयर ८२० रुपैयाँ ८० पैसामा शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरको १० प्रतिशत बराबरका १ लाख १५ हजार ५९६ कित्ता शेयर यस समूहका नेपालीहरूलाई उपलब्ध गराउँदैछ।

यसअघि बुक–बिल्डिङ प्रक्रिया अन्तर्गत संस्थागत लगानीकर्तालाई बाँडफाँट गर्दा कट–अफ मूल्य ९१२ रुपैयाँ तय भएको थियो। सोही आधारमा १० प्रतिशत छुट प्रदान गरिँदा आम लगानीकर्ताका लागि प्रतिकित्ता मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो।

न्यूनतम ५० कित्ता देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आईपीओ छिटोमा मंसिर २५ गते बन्द हुनेछ, भने सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा पुस ७ गतेसम्म लम्बिन सक्छ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यो आईपीओमा लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा, साथै ‘मेरो शेयर’ मार्फत ऑनलाइन आवेदन दिन सक्नेछन्।

शेयर रेटिङ्गका आधारमा, केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘CARE NP Single A-’ इस्यूअर रेटिङ्ग दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतालाई पर्याप्त सुरक्षित देखाउँछ।

देशकै सबैभन्दा ठूलो रोजगारी प्रदान गर्ने धागो उत्पादन उद्योगमध्ये पर्ने रिलायन्स स्पिनिङ्ग मिलले आफ्नो उत्पादनको ७०–७५ प्रतिशत भारत, टर्की, भियतनाम र यूकेलगायत मुलुकमा निर्यात गर्दै आएको छ। कम्पनीको मुख्य उद्योग सुनसरीको ईटहरी–१२ खनारमा अवस्थित छ भने शाखा उद्योग दुहाबी, ईटहरी–४ मा सञ्चालनमा छ।
कम्पनीको साधारण लगानी फिर्ता अवधि ६.७५ वर्ष तथा डिस्काउण्टेड पेब्याक अवधि १०.६१ वर्ष रहेको कम्पनीले जनाएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In