रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरूका लागि पुस ७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली र संस्थागत लगानीकर्ताका लागि प्रि–अलटमेन्ट सम्पन्न गरेपछि कम्पनी अब आम लगानीकर्तामाझ शेयर सार्वजनिक गर्न लागेको हो। कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरमध्ये ५७ हजार ७९८ कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी ९ […]
रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरूका लागि पुस ७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली र संस्थागत लगानीकर्ताका लागि प्रि–अलटमेन्ट सम्पन्न गरेपछि कम्पनी अब आम लगानीकर्तामाझ शेयर सार्वजनिक गर्न लागेको हो।
कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरमध्ये ५७ हजार ७९८ कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी ९ लाख २४ हजार ७६८ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो। शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ भए पनि बुक बिल्डिङ्ग प्रक्रियाबाट निर्धारण गरिएको अन्तिम निष्काशन मूल्य ८२० रुपैयाँ ८० पैसा तोकिएको छ।
संस्थागत लगानीकर्तालाई बोलकबोलमार्फत ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा प्रतिकित्ता ९१२ रुपैयाँ कट–अफ मूल्य कायम भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिएर सर्वसाधारणका लागि प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा आईपीओ ल्याइएको हो।
लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा पुस ११ गते बन्द हुनेछ भने सो अवधिमा पर्याप्त आवेदन नपरे पुस २१ गतेसम्म खुला रहनेछ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालय तथा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सि–आस्बा प्रयोग गरी आवेदन दिन सक्नेछन्।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी सिंगल ए माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमै बहन गर्ने क्षमता पर्याप्त रहेको संकेत गर्दछ।
धागो उत्पादन क्षेत्रमा अग्रणी मानिएको रिलायन्स स्पिनिङ्ग मिल्स नेपालको ठूलो रोजगारदाता उद्योगहरूमध्ये एक हो। कम्पनीले उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी हिस्सा भारत, टर्की, भियतनाम, यूके लगायतका देशमा निर्यात गर्दै आएको छ। कम्पनीको मुख्य उद्योग सुनसरीको ईटहरीमा सञ्चालनमा रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.