रिलायन्स स्पिनिङ्ग मिल्सको वैदेशिक रोजगारी आईपीओ बाँडफाँट सम्पन्न

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले मंसिर २२ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले कुल १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्काशन गरेको थियो। उक्त आईपीओमा ३५ हजार १०२ जना आवेदकहरूले १९ लाख ४४ हजार ३३० कित्ता शेयरका लागि […]

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट सम्पन्न भएको छ।

कम्पनीले मंसिर २२ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले कुल १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्काशन गरेको थियो। उक्त आईपीओमा ३५ हजार १०२ जना आवेदकहरूले १९ लाख ४४ हजार ३३० कित्ता शेयरका लागि आवेदन दिएका थिए। सबै आवेदनहरू स्वीकृत भए पनि माग अत्यधिक भएपछि गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको हो।

बाँडफाँट प्रक्रियाअनुसार २ हजार ३११ जना भाग्यशाली आवेदकहरूले न्यूनतम ५० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँडफाँटपछि शेष रहेको ४६ कित्ता शेयर ती नै लगानीकर्तामध्ये ४६ जनालाई थप एक कित्ताका दरले वितरण गरिएको छ। यसरी, २ हजार ३११ जनामध्ये ४६ जनाले ५१ कित्ताका दरले रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर हात पारेका छन्।

उक्त आईपीओमा ठूलो संख्यामा आवेदन पर्नुले कम्पनीप्रति वैदेशिक रोजगारीमा रहेका नेपाली लगानीकर्ताहरूको उच्च आकर्षण देखिएको छ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In