रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि पुस ७ गतेदेखि खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज पुस ११ गते अन्तिम दिन रहेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँटपछि कम्पनीले सर्वसाधारणका लागि शेयर निष्काशन गरेको हो। कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरमध्ये ५७ हजार ७९८ कित्ता […]

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि पुस ७ गतेदेखि खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज पुस ११ गते अन्तिम दिन रहेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँटपछि कम्पनीले सर्वसाधारणका लागि शेयर निष्काशन गरेको हो।

कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरमध्ये ५७ हजार ७९८ कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी ९ लाख २४ हजार ७६८ कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको छ। शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ भए पनि बुक बिल्डिङ्ग प्रक्रिया अनुसार प्रतिकित्ता मूल्य ८२० रुपैयाँ ८० पैसा तोकिएको छ।

बुक बिल्डिङ्ग निर्देशिका, २०७७ अनुसार बोलकबोल प्रणालीमार्फत योग्य संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कट–अफ मूल्य ९१२ रुपैयाँ निर्धारण गरिएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारणका लागि प्रतिकित्ता मूल्य ८२० रुपैयाँ ८० पैसा कायम गरिएको हो।

लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्। शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत वा ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी सि–आस्बा मार्फत दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशनका लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले ‘केयर एनपी सिंगल ए माइनस (CARE-NP A-)’ प्रदान गरेको छ, जसले कम्पनीमा वित्तीय दायित्व पूरा गर्ने पर्याप्त क्षमता रहेको संकेत गर्दछ।

रिलायन्स स्पिनिङ्ग मिल्स देशकै प्रमुख धागो उत्पादक तथा ठूलो रोजगारदाता उद्योगका रूपमा परिचित छ। कम्पनीले उत्पादन गरेको ७०–७५ प्रतिशतभन्दा बढी धागो भारत, टर्की, भियतनाम, यूके लगायतका मुलुकमा निर्यात गर्दै आएको छ। कम्पनीका अध्यक्ष पवन कुमार गोल्याण र प्रबन्ध सञ्चालक अक्षय गोल्याण रहेका छन्। कम्पनीको मुख्य उद्योग इटहरी–१२, खनार र शाखा उद्योग इटहरी–४, दुहबी, सुनसरीमा सञ्चालनमा रहेको छ।

कम्पनीको साधारण लगानी फिर्ता अवधि ६.७५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता अवधि १०.६१ वर्ष रहेको विवरणमा उल्लेख छ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In