काठमाडौं: रिलायबल नेपाल लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५१.७० प्रतिशतले वृद्धि भएको हो। गत वर्ष कम्पनीले २३ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ८.२७ प्रतिशतले बढेर ६९ करोड […]
काठमाडौं: रिलायबल नेपाल लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५१.७० प्रतिशतले वृद्धि भएको हो। गत वर्ष कम्पनीले २३ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ८.२७ प्रतिशतले बढेर ६९ करोड १९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ६३ करोड ९० लाख रुपैयाँ थियो।
खुद बीमा शुल्क आर्जन २६.५९ प्रतिशतले वृद्धि भई २ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ भने, रिटेन्ड अर्निङ १ अर्ब ४ करोड ४७ लाख रुपैयाँ रहेको छ।
कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी (EPS) पनि बढेको छ। प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५५ पैसाले वृद्धि भई १५ रुपैयाँ १० पैसा पुगेको छ, जबकि प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ६६ पैसा रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.