काठमाडौं : रिलायबल नेपाल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्न आज आइतबार, जेठ २५ गते अन्तिम दिन हो। कम्पनीले आफ्नो वार्षिक साधारण सभा प्रयोजनका लागि जेठ २६ गते बुक क्लोज गर्दैछ। त्यसैले, जेठ २५ गतेसम्म सेयरधनी सूचीमा नाम रहेका लगानीकर्तामात्रै सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्। कम्पनीले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट १२ […]
काठमाडौं : रिलायबल नेपाल लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्न आज आइतबार, जेठ २५ गते अन्तिम दिन हो। कम्पनीले आफ्नो वार्षिक साधारण सभा प्रयोजनका लागि जेठ २६ गते बुक क्लोज गर्दैछ। त्यसैले, जेठ २५ गतेसम्म सेयरधनी सूचीमा नाम रहेका लगानीकर्तामात्रै सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
कम्पनीले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ, जसको कूल लाभांश १२.६३ प्रतिशत हुन्छ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले आफ्नो आठौं वार्षिक साधारण सभा असार २ गते आयोजना गर्नेछ। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे सुरु हुनेछ। सो सभामा कम्पनीको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण तथा नगद प्रवाहसम्बन्धी विषयमा पनि छलफल गरिनेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.