काठमाडौं : ‘रिलायबल समृद्धि योजना’ मा आवेदन दिन आज, वैशाख ९ गते मंगलबार, अन्तिम मौका हो। लगानीकर्ताहरूले आज कार्यालय समयभित्र यस म्युचुअल फन्ड योजनामा आवेदन दिन सक्नेछन्। रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले वैशाख ३ गतेदेखि यो योजना सार्वजनिक रूपमा बिक्री खुला गरेको हो। यो योजनाअन्तर्गत कुल १० करोड इकाई जारी गरिँदैछ, जसको प्रतिइकाई मूल्य १० […]
काठमाडौं : ‘रिलायबल समृद्धि योजना’ मा आवेदन दिन आज, वैशाख ९ गते मंगलबार, अन्तिम मौका हो। लगानीकर्ताहरूले आज कार्यालय समयभित्र यस म्युचुअल फन्ड योजनामा आवेदन दिन सक्नेछन्। रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले वैशाख ३ गतेदेखि यो योजना सार्वजनिक रूपमा बिक्री खुला गरेको हो।
यो योजनाअन्तर्गत कुल १० करोड इकाई जारी गरिँदैछ, जसको प्रतिइकाई मूल्य १० रुपैयाँ रहेको छ। यसअनुसार कुल योजनाको आकार १ अर्ब रुपैयाँ बराबर हुनेछ। फन्ड व्यवस्थापकको भूमिकामा रहेको रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले योजना सञ्चालन गर्नेछ।
जारी गरिने इकाईमध्ये १५ प्रतिशत सुरक्षित गरिएको छ, जसमा १४ प्रतिशत (१ करोड ४० लाख इकाई) कोष प्रवर्द्धक रिलायबल लाइफ इन्सुरेन्सलाई र १ प्रतिशत (१० लाख इकाई) योजना व्यवस्थापकलाई छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको हो।
यो बन्दमुखी म्युचुअल फन्ड योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन्। आवेदन सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयर प्रणालीमार्फत दिन सकिन्छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.