काठमाडौं, वैशाख ३ – राष्ट्रिय जीवन बिमा कम्पनी (पूर्व राष्ट्रिय बिमा संस्थान) ले आगामी वैशाख ३ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा अपराह्न ४ बजे काठमाडौंको रामशाह पथस्थित कम्पनीको प्रधान कार्यालयमा सुरु हुनेछ। यस वर्ष पनि कम्पनीले लगानीकर्तालाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ, जसले गर्दा सेयरधनीहरू लाभांशबाट वञ्चित रहनेछन्। सभामा सञ्चालक समितिले […]
काठमाडौं, वैशाख ३ – राष्ट्रिय जीवन बिमा कम्पनी (पूर्व राष्ट्रिय बिमा संस्थान) ले आगामी वैशाख ३ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा अपराह्न ४ बजे काठमाडौंको रामशाह पथस्थित कम्पनीको प्रधान कार्यालयमा सुरु हुनेछ।
यस वर्ष पनि कम्पनीले लगानीकर्तालाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ, जसले गर्दा सेयरधनीहरू लाभांशबाट वञ्चित रहनेछन्।
सभामा सञ्चालक समितिले स्वीकृत गरेको पुँजी वृद्धिको योजना अनुमोदन गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीलाई समयानुकूल संशोधन गर्न र गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावसमेत सभाको एजेन्डामा समावेश गरिएको छ।
त्यसैगरी, आर्थिक वर्ष २०६९–७० देखि २०७३–७४ सम्मका वार्षिक प्रतिवेदनहरूमा छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०७६–७७ देखि २०७८–७९ सम्मको लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालयको परामर्शमा सञ्चालक समितिबाट नियुक्त भएका बाह्य लेखापरीक्षकद्वय सुवास पौडेल र विजय सिंह पराजुलीको नियुक्ति तथा उनीहरूको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.