काठमाडौं : राष्ट्रिय जीवन बिमा कम्पनी (पूर्व राष्ट्रिय बिमा संस्थान) को वार्षिक साधारण सभा आज, वैशाख ३ गते, अपराह्न ४ बजे कम्पनीको प्रधान कार्यालय रामशाहपथ, काठमाडौंमा आयोजना हुँदैछ। यस वर्ष पनि कम्पनीले लाभांश वितरण नगर्ने निर्णय गरेकाले लगानीकर्ताहरूलाई यो पटक कुनै लाभांश प्राप्त नहुने भएको छ। सभामा सञ्चालक समितिबाट स्वीकृत पुँजी वृद्धि योजनालाई अनुमोदन गर्ने […]
काठमाडौं : राष्ट्रिय जीवन बिमा कम्पनी (पूर्व राष्ट्रिय बिमा संस्थान) को वार्षिक साधारण सभा आज, वैशाख ३ गते, अपराह्न ४ बजे कम्पनीको प्रधान कार्यालय रामशाहपथ, काठमाडौंमा आयोजना हुँदैछ। यस वर्ष पनि कम्पनीले लाभांश वितरण नगर्ने निर्णय गरेकाले लगानीकर्ताहरूलाई यो पटक कुनै लाभांश प्राप्त नहुने भएको छ।
सभामा सञ्चालक समितिबाट स्वीकृत पुँजी वृद्धि योजनालाई अनुमोदन गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। साथै, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न तथा गराउन सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव पनि एजेन्डामा समावेश गरिएको छ।
साथै, आर्थिक वर्ष २०६९/७० देखि २०७३/७४ सम्मका वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ। त्यस्तै, आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मका खाताको लेखापरीक्षणका लागि महालेखा परीक्षकको सल्लाहमा सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षक सुवास पौडेल र विजय सिंह पराजुलीको नियुक्ति तथा पारिश्रमिक स्वीकृत गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.