काठमाडौं: राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ऋणपत्र बिक्री प्रक्रिया पूरा नभएपछि समयावधि थप गरेको छ। पहिलो चरणमा तोकिएको समयसीमा भित्र पर्याप्त आवेदन नपरेपछि बैंकले ऋणपत्र बिक्री म्याद वैशाख २१ गतेसम्म लम्ब्याएको हो। यस अवधिमा मागभन्दा बढी आवेदन परेमा, बैंकले सूचना प्रकाशित गरी जुनसुकै दिन आवेदन प्रक्रिया बन्द गर्न सक्ने जनाएको छ। बैंकले वैशाख ७ गतेदेखि २ […]
काठमाडौं: राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ऋणपत्र बिक्री प्रक्रिया पूरा नभएपछि समयावधि थप गरेको छ। पहिलो चरणमा तोकिएको समयसीमा भित्र पर्याप्त आवेदन नपरेपछि बैंकले ऋणपत्र बिक्री म्याद वैशाख २१ गतेसम्म लम्ब्याएको हो। यस अवधिमा मागभन्दा बढी आवेदन परेमा, बैंकले सूचना प्रकाशित गरी जुनसुकै दिन आवेदन प्रक्रिया बन्द गर्न सक्ने जनाएको छ।
बैंकले वैशाख ७ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘७% आरबीबीएल डिबेन्चर २०८८’ नामक ऋणपत्र बिक्री खुला गरेको हो। प्रतिइकाई मूल्य १ हजार रुपैयाँ तोकिएको यस ऋणपत्रमा कुल २५ लाख इकाई बिक्रीमा ल्याइएको छ। तीमध्ये १५ लाख इकाई बैंकले प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गर्नेछ भने बाँकी १० लाख इकाई सार्वजनिक निष्कासनका लागि छुट्याइएको छ। तीमध्ये ५ प्रतिशत अर्थात् ५० हजार इकाई म्युचुअल फन्डहरूका लागि आरक्षित गरिएको छ भने बाँकी ९ लाख ५० हजार इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
७ वर्ष अवधिको यस डिबेन्चरमा वार्षिक ७ प्रतिशत ब्याजदर तोकिएको छ। सानिमा क्यापिटल यस निष्कासनको बिक्री प्रबन्धकको रूपमा रहेको छ। लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम उपलब्ध सम्पूर्ण इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्।
आवेदन सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखाबाट दिन सकिन्छ। यस ऋणपत्रको सम्बन्धमा केयर रेटिङ्स नेपालले राष्ट्रिय वाणिज्य बैंकलाई ‘CARE NP A+ (Is)’ रेटिङ दिएको छ, जसले बैंकको समयमै वित्तीय दायित्व पुरा गर्ने क्षमता पर्याप्त रहेको र कर्जा जोखिम न्यून रहेको संकेत गर्दछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.