राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं: राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज, शुक्रबार (वैशाख १२) अन्तिम दिन हो। लगानीकर्ताहरूले आजै कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ। यद्यपि आवेदन अवधि वैशाख २१ गतेसम्म तोकिएको थियो, मागभन्दा बढी आवेदन परेकाले ऋणपत्र बिक्री आजै बन्द हुने बैंकले जानकारी दिएको छ। बैंकले वैशाख ७ गतेदेखि कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र “७% RBBL […]

काठमाडौं: राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज, शुक्रबार (वैशाख १२) अन्तिम दिन हो। लगानीकर्ताहरूले आजै कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ। यद्यपि आवेदन अवधि वैशाख २१ गतेसम्म तोकिएको थियो, मागभन्दा बढी आवेदन परेकाले ऋणपत्र बिक्री आजै बन्द हुने बैंकले जानकारी दिएको छ।

बैंकले वैशाख ७ गतेदेखि कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र “७% RBBL डिबेन्चर २०८८” बिक्री खुला गरेको हो। प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाईमध्ये १५ लाख इकाई बैंकले निजी रूपमा (प्राइभेट प्लेसमेन्ट) बिक्री गर्नेछ।

बाँकी १० लाख इकाईमध्ये ५ प्रतिशत अर्थात् ५० हजार इकाई म्युचुअल फन्डहरूका लागि छुट्याइएको छ भने सर्वसाधारणले बाँकी ९ लाख ५० हजार इकाईमा आवेदन दिन सक्नेछन्। यो डिबेन्चर ७ वर्ष अवधिको हो र वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गर्नेछ।

न्यूनतम २५ इकाईदेखि अधिकतम सबै उपलब्ध इकाईका लागि आवेदन दिन सकिने व्यवस्था छ। आवेदन सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखाहरूबाट दिन सकिन्छ। यस ऋणपत्रको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।

केयर रेटिङ्स नेपालले राष्ट्रिय वाणिज्य बैंकलाई ‘CARE NP A+ (Is)’ रेटिङ प्रदान गरेको छ, जसले बैंकको समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमता राम्रो रहेको र कर्जा जोखिम न्यून रहेको संकेत गर्दछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In