काठमाडौं, वैशाख ७ — राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र (डिबेन्चर) बिक्री खुला गर्ने भएको छ। बैंकले “७% आरबीबीएल डिबेन्चर २०८८” नामक यो ऋणपत्र प्रति इकाई १,००० रुपैयाँको दरले २५ लाख इकाई सार्वजनिक गर्नेछ। यीमध्ये १५ लाख इकाई प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गरिनेछ भने बाँकी १० लाख इकाईमध्ये ५ प्रतिशत (५०,००० इकाई) […]
काठमाडौं, वैशाख ७ — राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र (डिबेन्चर) बिक्री खुला गर्ने भएको छ। बैंकले “७% आरबीबीएल डिबेन्चर २०८८” नामक यो ऋणपत्र प्रति इकाई १,००० रुपैयाँको दरले २५ लाख इकाई सार्वजनिक गर्नेछ।
यीमध्ये १५ लाख इकाई प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गरिनेछ भने बाँकी १० लाख इकाईमध्ये ५ प्रतिशत (५०,००० इकाई) म्युचुअल फन्डका लागि छुट्याइएको छ। ९ लाख ५० हजार इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
अवधि: ७ वर्ष
वार्षिक ब्याजदर: ७%
न्यूनतम आवेदन: २५ इकाई
अधिकतम आवेदन: उपलब्ध सम्पूर्ण इकाई
बिक्री खुला मिति: वैशाख ७ गते
आवेदनको अन्तिम मिति: वैशाख १० गते (पूर्ण रूपमा नबिकेमा वैशाख २१ गतेसम्म खुला)
बिक्री प्रबन्धक: सानिमा क्यापिटल
सर्वसाधारणले आवेदन दिन सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाहरू मार्फत आवेदन दिन सक्नेछन्।
केयर रेटिङ्स नेपालले राष्ट्रिय वाणिज्य बैंकलाई CARE NP A+ (Issuer Rating) प्रदान गरेको छ। यो रेटिङले बैंकको वित्तीय दायित्व समयमा पुरा गर्ने क्षमतालाई मजबुत देखाएको छ र न्यूनतम कर्जा जोखिम रहेको संकेत गर्दछ।
यदि तपाईं निश्चित, नियमित र तुलनात्मक रूपमा सुरक्षित आय खोजिरहनु भएको छ भने यो ऋणपत्र आकर्षक लगानी विकल्प हुन सक्छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.