राष्ट्र बैंकद्वारा तरलता व्यवस्थापनका लागि ६० अर्ब रुपैयाँ सङ्कलन गर्दै

बैंक तथा वित्तीय संस्थामा अत्यधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज ६० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्ने तयारी गरेको छ। अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले २१ दिनको अवधिका लागि यो रकम झिक्न लागेको हो। तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले लामो समयदेखि सातामा दुई पटकसम्म रकम झिक्ने नीति अपनाएको छ। सोही प्रक्रिया अनुसार, आज पनि […]

बैंक तथा वित्तीय संस्थामा अत्यधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज ६० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्ने तयारी गरेको छ। अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले २१ दिनको अवधिका लागि यो रकम झिक्न लागेको हो।

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले लामो समयदेखि सातामा दुई पटकसम्म रकम झिक्ने नीति अपनाएको छ। सोही प्रक्रिया अनुसार, आज पनि ६० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरिनेछ।

यसका लागि आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ। राष्ट्र बैंकका अनुसार, बोलकबोल गर्दा न्यूनतम १० करोड र अधिकतम पाँच अर्ब रुपैयाँसम्मको प्रस्ताव पेस गर्न सकिनेछ। प्रस्ताव निःशेष भाग जाने गरी र बहुब्याजदरमा पनि पेश गर्न सकिने छ।

निक्षेप सङ्कलन उपकरणको माध्यमबाट जुटाइएको रकम अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। तरलता व्यवस्थापनको यो प्रयासले बैंकिङ प्रणालीमा सन्तुलन कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In