नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि ९० अर्ब रुपैयाँ बराबरको नगद संकलन गर्न बोलकबोल प्रणालीमार्फत निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ३५ दिन अवधिको लागि यो रकम उठाउने तयारी गरेको हो। ‘क’, ‘ख’ र ‘ग’ वर्गका इच्छुक बैंक तथा वित्तीय संस्थाले असार ५ गते बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत आवेदन […]
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि ९० अर्ब रुपैयाँ बराबरको नगद संकलन गर्न बोलकबोल प्रणालीमार्फत निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ३५ दिन अवधिको लागि यो रकम उठाउने तयारी गरेको हो।
‘क’, ‘ख’ र ‘ग’ वर्गका इच्छुक बैंक तथा वित्तीय संस्थाले असार ५ गते बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत आवेदन दिन सक्ने छन्। बोलकबोलमार्फत निर्धारण हुने ब्याजदरका आधारमा निक्षेप संकलन गरिनेछ भने साँवा तथा ब्याज साउन ७ गते एकमुष्ट भुक्तानी गरिनेछ।
राष्ट्र बैंकका अनुसार सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम रकम ५ करोडले भाग गर्दा निःशेष हुने गरी कुल ९० अर्बसम्म बोलकबोल गर्न सक्नेछन्। यो पहल बैंकिङ प्रणालीको अतिरिक्त तरलता व्यवस्थापन गर्न लिएको हो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.