राष्ट्र बैंकमा बैंकहरूको पौने ३ खर्ब निक्षेप, आज थप ४० अर्ब बजारबाट झिक्दै।

काठमाडौं: राष्ट्र बैंकले आज (माघ १३ गते) २१ दिने निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तान्ने भएको छ। यसअघि पुस २१ मा तानिएको ४३ अर्ब ८५ करोड रुपैयाँ आज परिपक्व हुने भएकाले राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न यो कदम चालेको हो। बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड र अधिकतम ५ करोड […]

काठमाडौं: राष्ट्र बैंकले आज (माघ १३ गते) २१ दिने निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तान्ने भएको छ। यसअघि पुस २१ मा तानिएको ४३ अर्ब ८५ करोड रुपैयाँ आज परिपक्व हुने भएकाले राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न यो कदम चालेको हो।

बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँले भाग लगाई निःशेष भागसम्म बोलकबोल गर्न सक्नेछन्। ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंकहरू मात्रै सहभागी हुन पाउने यस प्रक्रियामा बहुब्याजदरको आधारमा बोलकबोल हुनेछ। सावाँ र ब्याज फागुन ४ मा भुक्तानी हुनेछ।

माघ १३ सम्म राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब ७९ अर्ब ७५ करोड तानेको छ। तर, आन्तरिक अर्थतन्त्रको सुस्तताका कारण कर्जाको माग कम हुँदा वित्तीय प्रणालीमा अधिक तरलता देखिएको छ, जसलाई व्यवस्थापन गर्न निक्षेप संकलनको प्रक्रिया चलिरहेको छ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In