राष्ट्र बैंकले आज प्रणालीबाट ६० अर्ब रकम झिक्दै, बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम कति उपलब्ध छ?

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज पनि वित्तीय प्रणालीबाट ६० अर्ब रुपैयाँ झिक्ने भएको छ। बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह सुस्त भइरहेकाले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न उक्त रकम खिच्न लागिएको हो। केन्द्रीय बैंकले २१ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत बोलकबोल गर्ने जनाएको छ। यसअघि, माघ ९ गते राष्ट्र बैंकले २१ […]

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज पनि वित्तीय प्रणालीबाट ६० अर्ब रुपैयाँ झिक्ने भएको छ। बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह सुस्त भइरहेकाले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न उक्त रकम खिच्न लागिएको हो। केन्द्रीय बैंकले २१ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत बोलकबोल गर्ने जनाएको छ।

यसअघि, माघ ९ गते राष्ट्र बैंकले २१ दिनका लागि ९० अर्ब रुपैयाँ तान्न खोजेको थियो, तर बैंकहरुले राखेको ७७ अर्ब ६५ करोड रुपैयाँ आज फिर्ता हुने भएपछि थप ६० अर्ब खिच्न लागिएको हो। साथै, माघ २७ गते पनि ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गरिएको थियो।

निक्षेप बोलकबोल प्रक्रिया आज अपराह्न ३ बजे सञ्चालन हुनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँको भाग लगाएर कुल आव्हान रकमसम्म बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In