राष्ट्र बैंकले फेरि ५० अर्ब रुपैयाँ तान्दै

लगानीयोग्य रकम प्रणालीमा अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले आज पुनः ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोगमार्फत उक्त रकम संकलन गर्न लागेको हो। राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि आज (साउन २० गते) दिउँसो ३ बजे बोलकबोल हुनेछ। उक्त बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय […]

लगानीयोग्य रकम प्रणालीमा अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले आज पुनः ५० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोगमार्फत उक्त रकम संकलन गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि आज (साउन २० गते) दिउँसो ३ बजे बोलकबोल हुनेछ। उक्त बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाहरुले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँको गुणा अनुसार बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलन उपकरणको अवधि २८ दिनको हुनेछ, जसको साँवा तथा ब्याज आगामी भदौ ८ गते भुक्तानी गरिनेछ। राष्ट्र बैंकले ब्याजदरको आधारमा बोलकबोल गर्न सकिने र आवश्यक परे बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने जनाएको छ।

यस कार्यले बैंकिङ प्रणालीमा रहेका अधिक तरलता नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Share Training in Nepal

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In