काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा २ अर्ब १९ करोड रुपैयाँ मुद्दति निक्षेपका रूपमा लगानी गर्ने भएको छ। उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपमा राख्न राष्ट्र बैंकले बैंकहरूबाट प्रस्ताव माग गरेको छ। यस अन्तर्गत, वाणिज्य बैंकहरूमा १ अर्ब ७५ करोड ২০ लाख, राष्ट्रियस्तरका विकास बैंकहरूमा ३२ करोड ८५ लाख, […]
काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा २ अर्ब १९ करोड रुपैयाँ मुद्दति निक्षेपका रूपमा लगानी गर्ने भएको छ। उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपमा राख्न राष्ट्र बैंकले बैंकहरूबाट प्रस्ताव माग गरेको छ।
यस अन्तर्गत, वाणिज्य बैंकहरूमा १ अर्ब ७५ करोड ২০ लाख, राष्ट्रियस्तरका विकास बैंकहरूमा ३२ करोड ८५ लाख, तथा वित्तीय संस्थाहरूमा १० करोड ९५ लाख रुपैयाँ निक्षेप राखिनेछ।
राष्ट्र बैंकका अनुसार, यो रकम फागुन ६ गतेदेखि लागू भई २०८२ फागुन ६ गतेसम्म (३६६ दिन) मुद्दति निक्षेपका रूपमा रहनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले माघ २९ गते साँझ ७ बजेसम्म प्रस्ताव पेश गर्न सक्नेछन्।
निक्षेप प्राप्त गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा २ वर्ष सञ्चालनमा रहेको हुनुपर्ने, न्यूनतम पुँजी कोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा अनुपात ५ प्रतिशतभन्दा कम हुनुपर्ने, तरल सम्पत्ति खुद निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी हुनुपर्ने, रियल स्टेट कर्जाको सीमा पालना गरिएको हुनुपर्ने, अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको हुनुपर्ने, तथा सर्वसाधारणका लागि सेयर जारी गरेको हुनुपर्ने लगायतका शर्तहरू पूरा गर्नुपर्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.