नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न भनी भोलि सोमबार ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागेको छ। निक्षेप संकलन बोलकबोल (Auction) प्रणालीमार्फत हुनेछ। बैंकमा थुप्रिएको तरलता खिच्न राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को प्रारम्भदेखि निरन्तर मौद्रिक उपकरणहरू प्रयोग गर्दै आएको हो। राष्ट्र बैंकका अनुसार अनलाइन खरिद प्रणालीमार्फत संचालन गरिने यो […]
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न भनी भोलि सोमबार ६० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागेको छ। निक्षेप संकलन बोलकबोल (Auction) प्रणालीमार्फत हुनेछ। बैंकमा थुप्रिएको तरलता खिच्न राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को प्रारम्भदेखि निरन्तर मौद्रिक उपकरणहरू प्रयोग गर्दै आएको हो।
राष्ट्र बैंकका अनुसार अनलाइन खरिद प्रणालीमार्फत संचालन गरिने यो बोलकबोलमा सहभागी संस्थाहरूले ब्याजदरको प्रतिस्पर्धात्मक दर प्रस्ताव गर्नुपर्नेछ। संकलित निक्षेपको सावाँ तथा ब्याज भुक्तानी मिति २०८२ साउन १८ गते तोकिएको छ।
बोलकबोलमा सहभागी हुन चाहने ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले न्युनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोडको गुणफलमा भाग गर्ने गरी आवेदन दिन सक्नेछन्।
हाल बैंकिङ प्रणालीमा कुल निक्षेप ७० खर्ब रुपैयाँभन्दा माथि पुगेको छ। तर, कर्जा प्रवाह भने अपेक्षाकृत रुपमा सुस्त छ। लगानीकर्ताको आत्मविश्वासमा कमी तथा कर्जाको माग कम भएकाले लगानी वृद्धि नभएको विश्लेषण गरिन्छ। यही कारण बैंकमा तरलता प्रशस्त भए पनि राष्ट्र बैंकले मौद्रिक उपकरणमार्फत रकम संकलन गरिरहेको छ।
गत साता मात्र राष्ट्र बैंकले एकैदिन ९० अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको थियो। रिभर्स रिपो, निक्षेप संकलन, आउटराइट सेल र बन्ड जस्ता उपकरणहरू प्रयोग गरेर राष्ट्र बैंकले आवश्यकतानुसार मौद्रिक नीति कार्यान्वयन गरिरहेको छ।
यसले देशको वित्तीय स्थिरता तथा मुद्रास्फीतिमा नियन्त्रण कायम राख्न राष्ट्र बैंकको सक्रियता दर्शाउँछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.