रास्वपा र बालेन शाहबीच बृहत् एकताको सम्झौता, प्रधानमन्त्रीको उम्मेद्वार बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह बीच आज बिहान प्रतिनिधिसभा निर्वाचनका लागि बृहत् एकताको सम्झौता भएको छ। दुबै नेताले एउटै राजनीतिक दलमार्फत निर्वाचनमा सहभागी हुने सहमतिसहित ७ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार, रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति यथावत् रहनेछन् भने आसन्न प्रतिनिधिसभा निर्वाचनपछि पार्टीको […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह बीच आज बिहान प्रतिनिधिसभा निर्वाचनका लागि बृहत् एकताको सम्झौता भएको छ। दुबै नेताले एउटै राजनीतिक दलमार्फत निर्वाचनमा सहभागी हुने सहमतिसहित ७ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार, रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति यथावत् रहनेछन् भने आसन्न प्रतिनिधिसभा निर्वाचनपछि पार्टीको संसदीय दलको नेताका साथै भावी प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा बालेन शाहलाई अघि सारिने भएको छ।

सम्झौतामा भ्रष्टाचार र कुशासनविरुद्ध नवयुवाले गरेको आन्दोलनको अपनत्व लिँदै घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आगामी दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम–आय भएको राष्ट्र बनाउने मार्गचित्र इमान्दारीपूर्वक कार्यान्वयन गर्ने उल्लेख गरिएको छ।

बृहत् एकतापछि स्थापित हुने दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, दलको चुनाव चिन्ह ‘घण्टी’, झण्डा साविककै स्वरूपमा रहने तथा केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने सहमति भएको छ।

त्यसैगरी, पार्टी संगठनलाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई समुचित रूपमा समायोजन गर्दै योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी तोकिने जनाइएको छ।

सम्झौताअनुसार, आगामी आमनिर्वाचन लगत्तै यस बमोजिमका पार्टीसम्बन्धी सबै विवरण निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ। साथै, लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा गोलबद्ध हुन अन्य परिवर्तनकामी तथा वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई पनि आव्हान गरिएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In