लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (LICN) को शेयरमूल्य समायोजन भएको छ। कम्पनीको वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले १० प्रतिशत बोनस शेयर समायोजन गर्दै नयाँ मूल्य निर्धारण गरेको हो। शेयरमूल्य समायोजनपश्चात कम्पनीको शेयर मूल्य ८२५ रुपैयाँ ७८ पैसा कायम गरिएको छ। अघिल्लो कारोबार दिन आइतबार […]

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (LICN) को शेयरमूल्य समायोजन भएको छ। कम्पनीको वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले १० प्रतिशत बोनस शेयर समायोजन गर्दै नयाँ मूल्य निर्धारण गरेको हो।

शेयरमूल्य समायोजनपश्चात कम्पनीको शेयर मूल्य ८२५ रुपैयाँ ७८ पैसा कायम गरिएको छ। अघिल्लो कारोबार दिन आइतबार LIC नेपालको अन्तिम कारोबार मूल्य ९०८ रुपैयाँ ३६ पैसा थियो। यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

कम्पनीले आगामी असार ३० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा २३औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १० बजे सुरु हुनेछ।

सभामा हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरिनेछ। त्यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनी तर्फबाट एक जना सञ्चालक निर्वाचन गर्ने, संस्थापक पक्षका सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने तथा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

Share Training in Lalitpur

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In