लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा २ अर्ब ६२ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। तर, खुद नाफा ३८.०४ प्रतिशतले घटेर ३३ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५३ करोड ६३ […]
लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा २ अर्ब ६२ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ।
तर, खुद नाफा ३८.०४ प्रतिशतले घटेर ३३ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५३ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी १.५९ प्रतिशत र फि तथा कमिशन आम्दानी २६.५९ प्रतिशत बढेपनि, इम्पेरमेन्ट चार्ज उल्लेखनीय रूपमा बढ्दा नाफा घटेको हो। इम्पेरमेन्ट चार्ज १ अर्ब १६ करोड ७९ लाख रुपैयाँबाट बढेर १ अर्ब ९३ करोड ९१ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ४२.११ प्रतिशतले घटेको छ। नाफासँगै प्रतिशेयर आम्दानी ३ रुपैयाँ ७९ पैसा घटेर ५ रुपैयाँ ४६ पैसा पुगेको छ।
असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ८९ पैसा र मूल्य–आम्दानी अनुपात ३९.७४ गुणा रहेको छ।
२४ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले ३ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.