काठमाडौं – लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य आज भने स्थिर देखिएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमै कायम रहेको छ। यो मूल्य बिहीबारको दरसँग समान हो। गएको ६ दिनमा सुनको मूल्य कुल ५ हजार ९ सय रुपैयाँले बढेको थियो। क्रमशः शुक्रबार ७००, आइतबार […]
काठमाडौं – लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य आज भने स्थिर देखिएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमै कायम रहेको छ। यो मूल्य बिहीबारको दरसँग समान हो।
गएको ६ दिनमा सुनको मूल्य कुल ५ हजार ९ सय रुपैयाँले बढेको थियो। क्रमशः शुक्रबार ७००, आइतबार ३००, सोमबार १०००, मंगलबार २९००, बुधबार ५०० र बिहीबार ५०० रुपैयाँको वृद्धि देखिएको थियो।
चाँदीतर्फ भने आज मूल्यमा वृद्धि भएको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँले बढेर २ हजार १५० रुपैयाँ पुगेको छ, जुन बिहीबारको २ हजार ७५ रुपैयाँको दरभन्दा बढी हो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.