लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउन उच्चस्तरीय आयोगको सुझाव

काठमाडौं : लगानीको वातावरण बनाउने र उत्पादन लागत घटाउने सिफारिससहितको प्रतिवेदन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझाएको छ। आज अर्थमन्त्रालयमा आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन्। प्रतिवेदन बुझाउँदै अध्यक्ष खनालले देशको समग्र माग पक्ष कमजोर रहेको, लगानी घटेको, कर्जा विस्तार हुन नसकेको, घरजग्गा कारोबार घटेको, र […]

काठमाडौं : लगानीको वातावरण बनाउने र उत्पादन लागत घटाउने सिफारिससहितको प्रतिवेदन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझाएको छ। आज अर्थमन्त्रालयमा आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

प्रतिवेदन बुझाउँदै अध्यक्ष खनालले देशको समग्र माग पक्ष कमजोर रहेको, लगानी घटेको, कर्जा विस्तार हुन नसकेको, घरजग्गा कारोबार घटेको, र अन्य समस्याहरूका कारण आर्थिक अवसर सिर्जना हुन नसकेको बताए।

उनका अनुसार माग पक्ष कमजोर भएकै कारण आर्थिक वृद्धि दर सुस्त भएको हो। निजी क्षेत्र, विभिन्न प्रदेश र स्थानीय तहका व्यवसायी तथा विज्ञहरुसँगको छलफलमा उपभोग घटेको र लगानीमा कमी आएको मुख्य समस्या भएको उल्लेख गरिएको छ। साथै, सहकारी संस्थामा लाखौँको बचत रोकिएको, सरकारबाट समयमै भुक्तानी नभएको, व्यापारिक उधारो असुलीमा समस्या देखिएको र निर्माण क्षेत्र संकटमा परेकाले उपभोग र लगानी दुबै घटेको उनले बताए।

यद्यपि, तत्कालिन समस्या समाधानका लागि आयोगले केही उपायहरू पनि सुझाएको छ। खनालका अनुसार माग पक्षमा सुधार ल्याउन नीतिगत हस्तक्षेप आवश्यक छ। साथै, आपूर्ति पक्षमा संरचनात्मक सुधार गरेर लगानीमैत्री वातावरण बनाउनु र उत्पादन लागत घटाएर प्रतिस्पर्धा बढाउनु पर्ने आवश्यकता पनि उनले औंल्याए।

अर्थमन्त्री पौडेलले प्रतिवेदन उपयोगी हुने विश्वास व्यक्त गर्दै सरकार प्रतिवेदनका सुझावलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। “हामी आगामी आर्थिक वर्षको बजेट बनाउने प्रक्रियामा छौं। प्रतिवेदनले अर्थतन्त्रको समस्या पहिचान गरेर समाधानको सुझाव दिएको छ, यसलाई गम्भीरतापूर्वक अध्ययन गरेर कार्यान्वयन गरिनेछ,” उनले भने।

सरकारले गत असोजमा पूर्वअर्थसचिव खनालको अध्यक्षतामा आर्थिक सुधारका लागि सुझाव दिने उद्देश्यले आयोग गठन गरेको थियो।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In