लिबर्टी इनर्जीको ८ लाख २६ हजार कित्ता सेयर लिलामीमा आवेदन दिन आज अन्तिम मौका।

लिबर्टी इनर्जी कम्पनी लिमिटेडको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीमा आवेदन दिन आज (माघ ९ गते) अन्तिम दिन हो। इच्छुक व्यक्ति, कम्पनी, संघ वा संस्थाले आज कार्यालय समयभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। यस सेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ। प्रभु बैंक लिमिटेडका विभिन्न शाखाहरुबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ। […]

लिबर्टी इनर्जी कम्पनी लिमिटेडको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीमा आवेदन दिन आज (माघ ९ गते) अन्तिम दिन हो। इच्छुक व्यक्ति, कम्पनी, संघ वा संस्थाले आज कार्यालय समयभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

यस सेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ। प्रभु बैंक लिमिटेडका विभिन्न शाखाहरुबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ। कोशी प्रदेशमा विराटनगर शाखा, मधेश प्रदेशमा बीरगंज शाखा, बागमती प्रदेशमा जाउलाखेल र हेटौंडा शाखा, गण्डकी प्रदेशमा पोखरा शाखा, लुम्बिनी प्रदेशमा बुटवल शाखा, कर्णाली प्रदेशमा सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशमा धनगढी शाखाबाट आवेदन दिन सकिनेछ।

 

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In