विकाश हाइड्रोपावर लिमिटेडले आज (असार १८) बाट सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले २९ लाख ४२ हजार ७६० कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा ल्याएको हो। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको शेयर बाँडफाँट भइसकेको छ। कम्पनीको कुल जारी पूँजी ९० करोड ९१ लाख रुपैयाँमध्ये ४९ प्रतिशत […]
विकाश हाइड्रोपावर लिमिटेडले आज (असार १८) बाट सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले २९ लाख ४२ हजार ७६० कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा ल्याएको हो। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको शेयर बाँडफाँट भइसकेको छ।
कम्पनीको कुल जारी पूँजी ९० करोड ९१ लाख रुपैयाँमध्ये ४९ प्रतिशत हिस्सा आईपीओमार्फत निष्काशन गरिँदैछ। यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन असार २२ गतेसम्म खुला हुनेछ, भने अधिकमा असार ३२ गतेसम्म खुल्नेछ।
कम्पनीले निर्माण गरेको ४.५५ मेगावाटको माथिल्लो माछाखोला साना जलविद्युत आयोजना सञ्चालनमा रहेको छ। प्रभु क्यापिटल लिमिटेड शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ। इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग BBB-’ प्रदान गरेको छ, जसले औषत जोखिम संकेत गर्दछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.