विकाश हाइड्रोपावर लिमिटेडले असार १८ गतेदेखि सर्वसाधारणका लागि निष्काशनमा ल्याएको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (असार २२ गते) अन्तिम दिन हो। कम्पनीले ९० करोड ९१ लाख रुपैयाँ बराबरको जारी पूँजीको ४९ प्रतिशत अर्थात ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्काशनको अनुमति पाएको हो। आयोजनाबाट प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीलाई […]
विकाश हाइड्रोपावर लिमिटेडले असार १८ गतेदेखि सर्वसाधारणका लागि निष्काशनमा ल्याएको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (असार २२ गते) अन्तिम दिन हो।
कम्पनीले ९० करोड ९१ लाख रुपैयाँ बराबरको जारी पूँजीको ४९ प्रतिशत अर्थात ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्काशनको अनुमति पाएको हो। आयोजनाबाट प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीलाई पहिला नै शेयर बाँडफाँट गरिसकेपछि, अब सर्वसाधारणका लागि बाँकी २९ लाख ४२ हजार ७६० कित्ता शेयर निष्काशन गरिएको हो।
यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग BBB–’ प्रदान गरेको छ, जसले औसत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले निर्माण गरेको ४.५५ मेगावाटको माथिल्लो माछाखोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ११ करोड रुपैयाँभन्दा बढी रहेको छ, र विद्युत अनुमतिपत्रमा ३० वर्ष ९ महिना बाँकी छ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सि-आस्बा प्रणालीमार्फत सबै अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।
Share Training in Nepal
Share your thoughts to keep the conversation going.
Be the first to comment.