विजय लघुवित्तको एफपीओ आजदेखि खुला

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) ले आज (पुस २१ गते) देखि थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्री खुला गरेको छ। लघुवित्तले संस्थापक र सर्वसाधारण शेयरधनीबीचको शेयर स्वामित्व अनुपात ७०ः३० कायम गर्न एफपीओ निष्काशन गर्न लागेको हो। साविक नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्तबीच मर्जरपछि लघुवित्तको चुक्ता पूँजी ७४ करोड ५० लाख ४० हजार […]

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) ले आज (पुस २१ गते) देखि थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्री खुला गरेको छ। लघुवित्तले संस्थापक र सर्वसाधारण शेयरधनीबीचको शेयर स्वामित्व अनुपात ७०ः३० कायम गर्न एफपीओ निष्काशन गर्न लागेको हो।

साविक नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्तबीच मर्जरपछि लघुवित्तको चुक्ता पूँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको छ। मर्जरपछि संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व क्रमशः ७४.३९ प्रतिशत र २५.६१ प्रतिशत रहेको थियो। यही अनुपातलाई समायोजन गर्न लघुवित्तले एफपीओ ल्याएको हो।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर निष्काशन गर्दैछ, जसको कुल आकार ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ रहेको छ।

एफपीओमा छिटोमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि माघ ५ गतेसम्म लम्बिनेछ। सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

क्रेडिट रेटिङतर्फ इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ बी एटदरेट प्रदान गरेको छ, जसले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

यस एफपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सि–आस्बा प्रयोग गरी आवेदन दिन सक्नेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In