विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ निष्काशन गर्दै, ४.६६ लाख कित्ता शेयर सार्वजनिकमा

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) ले पुस २१ गतेदेखि थप सार्वजनिक निष्काशन (FPO) मार्फत शेयर बिक्री खुला गर्ने भएको छ। लघुवित्तले संस्थापक र सर्वसाधारण शेयरधनीबीचको शेयर स्वामित्व अनुपात ७०ः३० कायम गर्न एफपीओ निष्काशन गर्न लागेको हो। साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाबीच मर्जरपछि लघुवित्तको चुक्ता पूँजी ७४ करोड ५० […]

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) ले पुस २१ गतेदेखि थप सार्वजनिक निष्काशन (FPO) मार्फत शेयर बिक्री खुला गर्ने भएको छ। लघुवित्तले संस्थापक र सर्वसाधारण शेयरधनीबीचको शेयर स्वामित्व अनुपात ७०ः३० कायम गर्न एफपीओ निष्काशन गर्न लागेको हो।

साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाबीच मर्जरपछि लघुवित्तको चुक्ता पूँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको छ। मर्जरपश्चात संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व अनुपात ७४.३९ प्रतिशत र २५.६१ प्रतिशत रहेको थियो। यही अनुपातलाई नियामक मापदण्डअनुसार समायोजन गर्न लघुवित्तले एफपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर निष्काशन गर्नेछ। यस एफपीओको निष्काशन छिटोमा पुस २४ गते र ढिलोमा माघ ५ गते बन्द हुनेछ।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

एफपीओ निष्काशनका लागि गराइएको रेटिङमा इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ ‘B’ (At Risk) प्रदान गरेको छ। यस रेटिङले लघुवित्तको समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकसित ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In