विद्युत बिक्री आम्दानी वृद्धि भएपछि सिंगटी हाइड्रो इनर्जीको नाफा सुधारिएको

काठमाडौं : सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १४ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनी ४२ लाख २८ हजार रुपैयाँ नोक्सानमा रहेको थियो। विद्युत बिक्रीबाट हुने आम्दानी उल्लेखनीय रूपमा वृद्धि भएपछि कम्पनी नाफामा फर्किएको हो। गत वर्ष १७ करोड २० लाख रुपैयाँ विद्युत बिक्री आम्दानी […]

काठमाडौं : सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १४ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनी ४२ लाख २८ हजार रुपैयाँ नोक्सानमा रहेको थियो।

विद्युत बिक्रीबाट हुने आम्दानी उल्लेखनीय रूपमा वृद्धि भएपछि कम्पनी नाफामा फर्किएको हो। गत वर्ष १७ करोड २० लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको कम्पनीले यो वर्ष त्यसलाई बढाएर ४३ करोड ६७ लाख रुपैयाँ पुर्‍याएको छ।

हाल, सिंगटीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने सेयर प्रिमियममा २५ करोड ११ लाख रुपैयाँ जम्मा भएको छ। कम्पनीको एकुमुलेटेड नाफा १ करोड ८० लाख रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी ४.९३ रुपैयाँ तथा प्रतिसेयर नेटवर्थ १०९.२८ रुपैयाँ कायम भएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In