विन नेपाल लघुवित्तको एफपीओ निष्काशन सुरु

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (WNLB) ले आज (चैत २१) देखि ५१ हजार २९२.५ कित्ता एफपीओ शेयर निष्काशन गरेको छ। प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ, जसअनुसार कुल ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको शेयर बिक्री हुनेछ। आवेदन चैत २६ गतेसम्म दिन सकिनेछ, आवश्यकता अनुसार बैशाख ४ गतेसम्म लम्बिन सक्छ। न्यूनतम […]

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (WNLB) ले आज (चैत २१) देखि ५१ हजार २९२.५ कित्ता एफपीओ शेयर निष्काशन गरेको छ। प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ, जसअनुसार कुल ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको शेयर बिक्री हुनेछ। आवेदन चैत २६ गतेसम्म दिन सकिनेछ, आवश्यकता अनुसार बैशाख ४ गतेसम्म लम्बिन सक्छ।

न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। केयर रेटिङ्ग नेपालले लघुवित्तलाई ‘केयर एनपी सिंगल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले वित्तीय दायित्व बहन क्षमतामा उच्च जोखिम देखाउँछ।

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले सि–आस्बा प्रणाली तथा ‘मेरो शेयर’ मार्फत आवेदन दिन सक्नेछन्। एफपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी ८ करोड रुपैयाँ पुग्नेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In