विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौं : विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ आइतबार बाँडफाँट भएको छ। यसमा ५ हजार १२९ जना लगानीकर्ताले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। कुल १९ लाख २० हजार ९३९ जनाले आवेदन दिएका थिए, जसमा २ हजार ५२३ जनाको आवेदन अस्वीकृत भएको नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, बिक्री प्रबन्धकले जानकारी दिएको छ। रितपूर्वक आवेदन […]

काठमाडौं : विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ आइतबार बाँडफाँट भएको छ। यसमा ५ हजार १२९ जना लगानीकर्ताले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। कुल १९ लाख २० हजार ९३९ जनाले आवेदन दिएका थिए, जसमा २ हजार ५२३ जनाको आवेदन अस्वीकृत भएको नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, बिक्री प्रबन्धकले जानकारी दिएको छ।

रितपूर्वक आवेदन दिने सबै १९ लाख २० हजार ९३९ जनालाई गोलाप्रथामा समावेश गरिएको थियो। कम्पनीले चैत २१ गतेदेखि २६ गतेसम्म ५१ हजार २९२.५० कित्ता एफपीओ सेयर निष्काशन गरेको थियो। एफपीओको नतिजा विन नेपालको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, मेरो सेयर पोर्टल तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडको आईपीओ नतिजा हेर्ने वेबसाइटमार्फत हेर्न सकिनेछ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In