पर्सा : वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले वर्षभरिमा ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो। कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार, पछिल्ला दुई महिनामा मासिक लक्ष्यको ९२ प्रतिशत […]
पर्सा : वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
भन्सार विभागले वर्षभरिमा ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो। कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार, पछिल्ला दुई महिनामा मासिक लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन भएको छ।
आठ महिनाको अवधिमा संकलित राजस्व विवरण :
साउन : ३ अर्ब ७५ करोड
भदौ : ४ अर्ब ६४ करोड
असोज : ४ अर्ब ३६ करोड
कात्तिक : ३ अर्ब ७९ करोड
मंसिर : ३ अर्ब २२ करोड
पुस : ३ अर्ब ५६ करोड
माघ : ४ अर्ब २९ करोड
फागुन : ४ अर्ब ६८ करोड (सर्वाधिक)
चालु आर्थिक वर्षको सबैभन्दा बढी राजस्व फागुन महिनामा संकलन भएको कार्यालयले जनाएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.