वर्ष २०८१ को अन्तिम दिन पनि सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको कति पुग्यो ?

काठमाडौं: नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता नियन्त्रण गर्न आज पुनः २१ दिनका लागि ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण (डिपोजिट कलेक्शन इन्स्ट्रुमेन्ट) जारी गरेको छ। यसअघि चैत १० गते जारी गरिएको १५ अर्ब ७५ करोड रुपैयाँको निक्षेप संकलन उपकरण आज परिपक्व हुँदैछ। त्यसैले राष्ट्र बैंकले प्रणालीबाट थप ३० अर्ब रुपैयाँ प्रशोचन […]

काठमाडौं: नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता नियन्त्रण गर्न आज पुनः २१ दिनका लागि ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण (डिपोजिट कलेक्शन इन्स्ट्रुमेन्ट) जारी गरेको छ।

यसअघि चैत १० गते जारी गरिएको १५ अर्ब ७५ करोड रुपैयाँको निक्षेप संकलन उपकरण आज परिपक्व हुँदैछ। त्यसैले राष्ट्र बैंकले प्रणालीबाट थप ३० अर्ब रुपैयाँ प्रशोचन गर्ने निर्णय गरेको हो। चैत १० मा राष्ट्र बैंकले २० अर्ब संकलन गर्ने लक्ष्य राखेको भए पनि बैंकहरूले १५ अर्ब ७५ करोड रुपैयाँ मात्र राखेका थिए।

यस योजनामा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म बोलकबोल प्रक्रियामार्फत आवेदन दिन सक्नेछन्। साँवा तथा ब्याज भुक्तानी मिति २०८२ वैशाख २१ गते तोकिएको छ भने ब्याजदर बोलकबोलकै आधारमा तय गरिनेछ।

बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोडको अन्तरमा निःशेष भाग जाने गरी कुल निष्कासन रकम बराबरको माग गर्न सक्ने व्यवस्था गरिएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In