काठमाडौं: अधिकांश वाणिज्य बैंकहरूले वैशाख महिनाको लागि चैत महिनाकै मुद्दति निक्षेपको ब्याजदरलाई कायम राखेका छन्। यस अवधिमा ३ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् भने १ बैंकले बढाएको छ। बाँकी बैंकहरूले अघिल्लो महिनाको ब्याजदर यथावत् राखेका छन्। वैशाखमा मुद्दति निक्षेपको औसत ब्याजदर ५.९८ प्रतिशतमा झरेको छ। बैंकिङ प्रणालीमा तरलता प्रशस्त भएकाले ब्याजदर न्यून […]
काठमाडौं: अधिकांश वाणिज्य बैंकहरूले वैशाख महिनाको लागि चैत महिनाकै मुद्दति निक्षेपको ब्याजदरलाई कायम राखेका छन्। यस अवधिमा ३ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् भने १ बैंकले बढाएको छ। बाँकी बैंकहरूले अघिल्लो महिनाको ब्याजदर यथावत् राखेका छन्।
वैशाखमा मुद्दति निक्षेपको औसत ब्याजदर ५.९८ प्रतिशतमा झरेको छ। बैंकिङ प्रणालीमा तरलता प्रशस्त भएकाले ब्याजदर न्यून विन्दुमा आएको हो। यद्यपि, कर्जा प्रवाह भने उल्लेखनीय रूपमा हुन सकेको छैन।
ब्याजदर घट्दा ऋण लिनेहरूका लागि राहत हुने देखिएको छ भने लगानीको वातावरण निर्माणमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ। बैंकहरूले झन्डै डेढ वर्षदेखि ब्याजदरमा निरन्तर कटौती गर्दै आएका छन्, तर सोअनुसार कर्जा प्रवाहमा भने उल्लेखनीय वृद्धि देखिएको छैन।
Share your thoughts to keep the conversation going.
Be the first to comment.