विशाल बजारले नगद लाभांश घोषणा गर्दै साधारण सभाको मिति तय गरे

काठमाडौं: विशाल बजार कम्पनी लिमिटेडले १४ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेको छ। माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। यस प्रस्तावलाई पारित गर्न कम्पनीले फागुन २८ गते साधारण सभा बोलाएको छ। साधारण सभा त्रिभुवन आर्मी अफिसर क्लब, सन्धार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। सभामा लाभांश […]

काठमाडौं: विशाल बजार कम्पनी लिमिटेडले १४ प्रतिशत नगद लाभांश (कर सहित) घोषणा गरेको छ। माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। यस प्रस्तावलाई पारित गर्न कम्पनीले फागुन २८ गते साधारण सभा बोलाएको छ।

साधारण सभा त्रिभुवन आर्मी अफिसर क्लब, सन्धार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। सभामा लाभांश प्रस्ताव पेश गरिनुका साथै आर्थिक वर्ष २०७०–७१ देखि २०७५–७६ सम्मको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८०–८१ र २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा तय गरिएको छ।

यसै अवसरमा सभा मार्फत सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालक नियुक्त गरिनेछ। सभा प्रयोजनका लागि कम्पनीले फागुन ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार फागुन ८ गतेसम्म कायम सेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In