संयुक्त राज्य अमेरिका: आर्थिक सहकार्य तथा विकास संगठन (ओईसीडी)ले मंगलबार सार्वजनिक गरेको पछिल्लो आर्थिक प्रतिवेदनअनुसार, सन् २०२४ मा अनुमान गरिएको ३.३ प्रतिशत विश्व आर्थिक वृद्धि दर आगामी वर्षहरूमा घट्दै जाने देखिएको छ। ओईसीडीले सन् २०२५ र २०२६ मा यो दर २.९ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ। यो प्रक्षेपण सन् २०२५ को मे महिनासम्म कायम रहने […]
संयुक्त राज्य अमेरिका: आर्थिक सहकार्य तथा विकास संगठन (ओईसीडी)ले मंगलबार सार्वजनिक गरेको पछिल्लो आर्थिक प्रतिवेदनअनुसार, सन् २०२४ मा अनुमान गरिएको ३.३ प्रतिशत विश्व आर्थिक वृद्धि दर आगामी वर्षहरूमा घट्दै जाने देखिएको छ। ओईसीडीले सन् २०२५ र २०२६ मा यो दर २.९ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ।
यो प्रक्षेपण सन् २०२५ को मे महिनासम्म कायम रहने भन्सार शुल्कका दरहरू यथावत् रहने प्राविधिक मान्यतालाई आधार मानेर गरिएको हो, यद्यपि केही कानुनी विवादहरू अझै समाधान भइसकेका छैनन्।
ओईसीडीले हाल देखिएको अन्तर्राष्ट्रिय व्यापारमा असहजता, कर्जा र लगानीको पहुँचमा कडाइ, उद्योग तथा उपभोक्ताको विश्वासमा गिरावट र नीतिगत अनिश्चितताहरू निरन्तर रहन गएमा विश्वको आर्थिक सम्भावनामा गम्भीर असर पर्ने चेतावनी पनि दिएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.