विश्वव्यापी सेयर बजार पुँजीकरण १,२४० खर्ब डलर पुग्यो, अमेरिकाको हिस्सा निरन्तर वृद्धि

विश्वव्यापी सेयर बजारको पुँजीकरण करिब १,२४० खर्ब डलर पुगेको छ, जसको प्रमुख हिस्सा अमेरिकाले ओगटेको छ। ‘एस एन्ड पी ५००’ को उत्कृष्ट प्रदर्शनका कारण अमेरिका अग्रणी स्थानमा रहँदै आएको छ। अमेरिकी सेयर बजारको पुँजीकरण ६०१ खर्ब डलर पुगेको छ, जुन विश्व बजारको झन्डै ४८.६ प्रतिशत हो। ‘म्याग्निफिसेन्ट सेभेन’ (एप्पल, माइक्रोसफ्ट, अल्फाबेट, एनभिडिया, अमेजन, मेटा) को […]

विश्वव्यापी सेयर बजारको पुँजीकरण करिब १,२४० खर्ब डलर पुगेको छ, जसको प्रमुख हिस्सा अमेरिकाले ओगटेको छ। ‘एस एन्ड पी ५००’ को उत्कृष्ट प्रदर्शनका कारण अमेरिका अग्रणी स्थानमा रहँदै आएको छ। अमेरिकी सेयर बजारको पुँजीकरण ६०१ खर्ब डलर पुगेको छ, जुन विश्व बजारको झन्डै ४८.६ प्रतिशत हो।

‘म्याग्निफिसेन्ट सेभेन’ (एप्पल, माइक्रोसफ्ट, अल्फाबेट, एनभिडिया, अमेजन, मेटा) को संयुक्त बजार मूल्य १७८ खर्ब डलर पुगेको छ, जसले अमेरिकी बजारको झन्डै ३० प्रतिशत हिस्सा ओगटेको छ।

चीन दोस्रो ठूलो सेयर बजारका रूपमा १५६ खर्ब डलर पुँजीकरणसहित उभिएको छ, जसमा प्रमुख भूमिका टेन्सेन्ट, अलिबाबा र वित्तीय कम्पनीहरूले खेलेका छन्। चीनको सेयर बजारको हिस्सा १२.६ प्रतिशत रहेको छ।

भारतको सेयर बजार ५२ खर्ब डलरको पुँजीकरणसहित बेलायत र ल्याटिन अमेरिकाको संयुक्त बजारभन्दा ठूलो बनेको छ। देशको द्रुत आर्थिक वृद्धि र डिजिटल रुपान्तरणका कारण भारतीय सेयर बजार पछिल्ला पाँच वर्षमा ८० प्रतिशतले बढेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In