शिखर इन्स्योरेन्स नोक्सानीमा

शिखर इन्स्योरेन्स लिमिटेड (SICL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार समीक्षा अवधिसम्म कम्पनी नाफाबाट नोक्सानीमा गएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ४ करोड ४७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। जबकि गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनी २५ करोड ७३ लाख रुपैयाँ नाफामा रहेको थियो। वित्तीय […]

शिखर इन्स्योरेन्स लिमिटेड (SICL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार समीक्षा अवधिसम्म कम्पनी नाफाबाट नोक्सानीमा गएको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ४ करोड ४७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। जबकि गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनी २५ करोड ७३ लाख रुपैयाँ नाफामा रहेको थियो।

वित्तीय विवरण अनुसार जेनजी आन्दोलनका क्रममा भएको क्षतिका कारण दाबी भुक्तानीमा उल्लेख्य वृद्धि हुँदा कम्पनी नोक्सानीमा गएको हो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क २२.४१ प्रतिशतले बढेको छ भने कुल आम्दानी ५.७१ प्रतिशतले वृद्धि भएको छ। तर, खुद दाबी भुक्तानी १२२.५६ प्रतिशतले बढ्नुका साथै कुल खर्च ६२.१५ प्रतिशतले बढ्दा कम्पनीको वित्तीय अवस्थामाथि दबाब परेको देखिन्छ।

सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ३ रुपैयाँ ६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँ ६४ पैसा रहेको छ।

२ अर्ब ९२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडा कोषमा १ अर्ब ९१ करोड रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १६ करोड ११ लाख रुपैयाँ तथा अन्य इक्विटीमा ५८ करोड ३ लाख रुपैयाँ सञ्चित रहेको छ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In