शिखर इन्सुरेन्सको एजीएम आह्वान, सेयरधनीलाई बोनस प्रस्ताव

काठमाडौं: शिखर इन्सुरेन्स कम्पनीले फागुन १३ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय, शिखर विज सेन्टर, थापाथली, काठमाडौंमा हुनेछ। सभामा कम्पनीले सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। साथै, आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, […]

काठमाडौं: शिखर इन्सुरेन्स कम्पनीले फागुन १३ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय, शिखर विज सेन्टर, थापाथली, काठमाडौंमा हुनेछ।

सभामा कम्पनीले सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। साथै, आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, र नगद प्रवाह सम्बन्धी छलफल गरिनेछ।

त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाको एजेन्डामा समावेश गरिएको छ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ ३० गतेदेखि फागुन १३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ, माघ २९ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In