शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने अवधि लम्ब्याएको छ। अब माघ ६ गतेदेखि खुला रहेको उक्त आईपीओमा फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ। यद्यपि, मागभन्दा बढी आवेदन परेमा कम्पनीले सो अगावै पनि निष्काशन बन्द गर्न सक्ने जनाएको छ। कम्पनीले जारी पूँजीको १० प्रतिशत बराबरको ९ लाख […]
शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने अवधि लम्ब्याएको छ। अब माघ ६ गतेदेखि खुला रहेको उक्त आईपीओमा फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ। यद्यपि, मागभन्दा बढी आवेदन परेमा कम्पनीले सो अगावै पनि निष्काशन बन्द गर्न सक्ने जनाएको छ।
कम्पनीले जारी पूँजीको १० प्रतिशत बराबरको ९ लाख ८० हजार कित्ता साधारण शेयर स्थानीय बासिन्दाका लागि निष्काशन गरेको हो। यसमा बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका वडा नं. १ देखि १० सम्म तथा ढोरपाटन नगरपालिका वडा नं. २ का आयोजना प्रभावित स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।
४.९६ मेगावाट क्षमताको भिमखोला साना जलविद्युत आयोजनाबाट कम्पनीले २०८१ फागुन २५ गतेदेखि व्यवसायिक उत्पादन सुरु गरिसकेको छ। आईपीओका लागि कम्पनीले इक्रा नेपालबाट ‘डबल बी’ रेटिङ प्राप्त गरेको छ, जसले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.