श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज, असोज २९ गते अन्तिम दिन रहेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको शेयर बाँडफाँट गरेपछि अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो। कुल जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार […]
श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज, असोज २९ गते अन्तिम दिन रहेको छ।
कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको शेयर बाँडफाँट गरेपछि अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो।
कुल जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन अनुमति प्राप्त कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ लाख १० हजार ४९३ कित्ता शेयर बिक्री खुला गरेको हो।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने रेटिङ्ग प्रदान गरेको छ। नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ। आवेदन सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत दिन सकिनेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.