काठमाडौं : श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ करोड ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५७.३१ प्रतिशतले वृद्धि हो। गत वर्ष सो अवधिमा कम्पनीले ३ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन नाफामा भएको वृद्धिका […]
काठमाडौं : श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ करोड ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५७.३१ प्रतिशतले वृद्धि हो। गत वर्ष सो अवधिमा कम्पनीले ३ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन नाफामा भएको वृद्धिका कारण नाफा बढेको हो। अघिल्लो वर्ष १५ करोड १६ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी २५.४५ प्रतिशतले वृद्धि भई १९ करोड रुपैयाँ पुगेको छ।
सञ्चालन नाफा पनि समान अनुपातमा वृद्धि भएको छ। यो ५७.३१ प्रतिशतले बढेर ७ करोड १ लाख रुपैयाँ पुगेको छ। यद्यपि, कम्पनीको इम्पेयरमेन्ट चार्ज भने बढेको छ।
हाल श्री इन्भेष्टमेन्टको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३६ करोड ७२ लाख रुपैयाँ संचित भएको छ। कम्पनीको प्रतिसेयर आम्दानी (EPS) बढेर ६ रुपैयाँ ५५ पैसा पुगेको छ, जुन अघिल्लो वर्ष ४ रुपैयाँ २४ पैसा थियो। यस फाइनान्सको नेटवर्थ १४० रुपैयाँ ३४ पैसा कायम भएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.